बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबार आफ्नो जन्मदिन मानव सेवा फाउन्डेसन नेपाल द्वारा संचालित गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा पुगेर मनाउनु भएको छ।
मामाघरमा रहेका भान्जा भान्जीहरु संग उहाले आफ्नो जन्मदिन मनाउनु भएको हो। उहाले त्यहा अवस्थित ८४ जना बालबालिका हरुलाइ बिहानाको खाना आफ्नै हातले बाडेर उनीहरु संग खुशी साट्दै केहि आर्थिक सहयोग पनि गर्दै जन्मदिन मनाउनु भएको हो साथै अब आउदा दिन हरुमा पनि आफुले सक्ने सहयोग सधै गर्ने प्रतिवदता व्यक्त गर्नु भएको छ । आफुले आफ्नो जन्मदिन यसरि बालबालिका हरु संग मनाउन पाउदा हर्षित भएको समेत बताउनु भयो मानव सेवा फाउन्डेसनले स्थापना को २ बर्षमा गरेको बिभिन्न काम हरु बाट आफु निकै प्रभावित भएको को भन्दै मानव सेवा फाउन्डेसनको प्रशंसा समेत गर्नु भएको छ।
उहाले मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरको अवलोकन समेत गर्नु भएको छ उहा संगै उहाको जन्मदिन मनाउन मामाघर आइपुग्नु भएको उहाको श्रीमतीले पनि त्यहा रहेका बालबालिका हरुको अनुशासन लगायत को क्रियाकलाप देखेर आफुलाई छुट्टै सकारात्मक भावको सृजना भएको समेत बताउनु भएको छ । पाठक दम्पतीले आउदा दिन हरुमा पनि यस्तो पुण्यको काम मा आफ्नो साथ् र सहयोग सधै रहने बताउनु भएको छ ।