हालखबर मिडिया डेक्स,काठमाडौं
मंसिर २५, मंगलबार ।
गोलिया काठ काट्ने क्रममा रूखले किच्दा एकजनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका( १० अर्खौलेस्थित ढाडगाउँमाका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको हो।
रावाबेँसी गाउँपालिका २ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार घटनास्थलमै उनको मृत्यु भएको हो ।
रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी( २ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए।
स्थानीय बासिन्दाले दमाईको मृत्यु भएको खबरदिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
खार्पास्थित भडाँरेमा एक हप्ताअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको छ। १० स्थानीय तह रहेको जिल्लाबाट स्थानीय बासिन्दाको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।